नियम ९९
हकवाला वा प्रतिनिधिलाई सूचना दिने
कुनै शेयरहोल्डरको मृत्यु भई वा टाट उल्टी वा शेयरको हकवालालाई कुनै लिखत बुझाउनु पर्दा कर्पोरेशनले निजको नाम, दर्जा र हकवाला वा प्रतिनिधिको नाम, दर्जा लेखी वा हकवाला वा प्रतिनिधिले कुनै ठेगाना दिई राखेको भए सो ठेगानामा लेखी हुलाकद्वारा पठाउनेछ । सो नभए प्रमुख दैनिक पत्रिकामा त्यस्तो लिखत प्रकाशित गरिनेछ ।